बीपी कोइराला र पुष्पलालहरु कुनै दलका नेता होइनन्, देशको नेता हुन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वेश्वर प्रसाद कोइराला र पुष्पलाल श्रेष्ठ कुनै दल विशेषका नेता नभएर देशकै नेता रहेको बताएका छन् । बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको लडाईँको मियो विपी रहेको पनि बताए ।

‘राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। यी लडाइँमा बिपी प्रेरणाको मियो हुनुहुन्थ्यो। अब बिपी कोइराला र पुष्पलालहरु कनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्,’– उनले भने ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बिपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बिपीहरु र हामीलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ। अघिल्लो पुस्ताका बिपी कोइरालाहरुले सङ्घर्षका लागि बाटो देखाउनुभएको छ,’– उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टा नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला), भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख राशीसहित पुरस्कृत गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्