साताको पहिलो दिन नेप्सेमा १८.४४ अंकको गिरावट: कारोबार रकममा उछाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो दिन आईतबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अंकले घटेको छ ।  नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २९६४.२० अंकमा आइपुगेको हो ।

आईतबार नेप्सेमा शेयर कारोबार हुँदा ६३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने १८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । समग्रमा नेप्से परिसूचक घट्दा नेप्सेको पुँजीकरण पनि ०.६१ प्रतिशतले घटेको छ ।

- Advertisement -
Ad imageAd image

आईतबार नेप्सेमा भएको शेयर कारोबारमा समता घरेलु लघुवित्तका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आजको कारोबारमा डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चरिङ, लघुवित्त, म्यूचुअ फन्ड र व्यापार समूह बाहेक अन्यको सूचक घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्