एनपीएल दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जनाएको छ ।

क्यानका अनुसार असार २८ गतेदेखि साउन ६ गतेसम्म ४५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम ८ वटै फ्रेन्चाइजी टोलीलाई क्यानले पठाइसकेको छ ।

- Advertisement -
Ad imageAd image

एनपीएलमा सहभागी हुने ८ वटा टोलीले आफूले चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गर्ने क्यानले जनाएको छ ।

क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्