भ्रष्टाचारको फाइल लुकाउनको लागि कांग्रेस-एमालेले सरकार बनाएको स्वर्णिम वाग्लेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले संविधान संशोधनको बहाना बनाएर अहिलेको सरकार भ्रष्टाचारको फाइल लुकाउनको लागि बनेको आरोप लगाएका छन् । पार्टीको रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र एमालेजस्तो दुई ठूला दलहरुको सहकार्यलाई दुर्लभ भनेका छन् । भ्रष्टाचारको फाइल लुकाउनको लागि सरकारको नेतृत्व गरेका कांग्रेस र एमालेका नेताहरुले संविधान संशोधन गर्ने भनेर सफेद झुटो बोलेको वाग्लेको आरोप छ ।

- Advertisement -
Ad imageAd image

उनले भने-“एक वर्षसम्म सफेद झूट बोले तर अहिलेसम्ममा त उनीहरू नांगिसकेका छन्। कहाँ संविधान संशोधन गर्ने, न कुनै विचार छ, न कुनै कार्यदल बनाएका छन्। न कुनै आम जनतामा छलफल चलाएका छन् यो धारामा संविधान संशोधन गर्छौँ भनेर।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्