एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको विषयमा पूर्व राष्ट्रपतिको विशेष पत्रकार सम्मेलन: के होला अबको रणनिति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन आयोजना गर्दै छिन् । बानेश्वरस्थित कार्की बैंकिटमा अहिले दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

- Advertisement -
Ad image

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्