संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।

सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

- Advertisement -
Ad image

दुवै सदनबाट पारित भइ आएको सो संशोधन विधेयक प्रमाणिकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्