काठमाडौं – २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा भएको खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा तीन गोल थपेको हो ।
योसँगै बंगलादेशले अपराजित रहँदै उपाधि जितेको हो । बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो । समान खेल खेलेको नेपालको १२ अंक मात्रै रह्यो ।
प्रतियोगितामा बंगलादेशले नेपाललाई दोस्रोपल्ट हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बंगलादेशले ३–२ को नाटकीय जित निकालेको थियो । बंगलादेशले सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । उमेर समूहमा बंगलादेशको यो पाँचौं उपाधि हो ।


प्रतिक्रिया दिनुहोस्