नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह: सूचक र कारोबार रकममा एकसाथ उछाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ । आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो ।

बिहीबार एकै दिन नेप्से ७५.८४ अंकले बढेको छ । बिहीबार नेप्से २.७१ प्रतिशतले बढ्दा परिसूचक २८७०.६३ बिन्दुमा पुगेको छ । नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उत्साह देखिएको छ। बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको ३ अर्ब ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad image

यस दिन २३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको मात्रै घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन ।

दिनभरमा ३११ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ४१ हजार ४३४ पटक शेयर किनबेच भएको छ । सबै १३ समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी अन्य समूहको बजार ५.०९ प्रतिशतले बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्