हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । यस बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गरेको छ । उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन छिटोमा साउन ४ गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिनेछ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्