सेयर बजारमा एकदिन पनि टिकेन मौद्रिक नीतिको चमक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – सोमबार सेयर बजारमा पहिरो गएको छ । मौद्रिक नीति पछि आइतबार २९ अंकले उकालो लागेको बजार आज ३३ अंकले घटेको हो ।

सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । यसदिन ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा अगाडी रहेका छन् ।

- Advertisement -
Ad imageAd image

यसदिन हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो भने बैंकिङ सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्