मधेशको भूमिलाई सेलटरको रुपमा प्रयोग गर्दै छन जिहादी आतंकवादी: विनय यादव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८२, आईतवार
2 Min Read
Aa

राजविराज – सप्तरी जिल्ला बोदे बरसाई नगरपालिकामा संघीय हिन्दू गणतन्त्र स्थापना गर्नका लागि राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम समाजसेवी मोहित यादव को अध्यक्षतामा सम्पन्न भएको थियो।

- Advertisement -
Ad imageAd image

छलफल कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले संघीय हिन्दू गणतन्त्रको आवश्यकता र यसका महत्वबारे चर्चा गर्दै सामाजिक एकता र धर्मनिरपेक्षताबाट पर्न आएको चुनौती र विकृति बारे आफ्ना विचार व्यक्त गरे।जिहादी आतंकवादीहरु नेपाल लाई ट्राञ्जिट प्वाइण्टको रुपमा प्रयोग गर्दै आइरहेका छन। नेपाल भारत खुल्ला सिमाका कारण मधेशको भूमिलाई सेलटर बनाई आतंकी घटनाको योजना बनाउने गरेका छन। यस्ता घटना रोकन देशलाई संघिय हिन्दू गणतन्त्र क़ायम गर्नु पर्नेमा जोड दिए।

हाल देशमा आर्थिक संकट रहेको र अब विश्वभरीमा बसेका दुई सय करोड़ हिन्दूहरुको आस्थाको देशको रूपमा संविधानमा संघिय हिन्दू गणतन्त्र घोषणा गरि धार्मिक पर्यटन भित्रिए मात्र आर्थिक संकट बाट देश बचन् सकने भन्नु भयो धर्मनिरपेक्षताको आडमा जिहादीहरु सोझा साझा नेपाली मुस्लिमहरुलाई प्रशिक्षण दिई समप्रदयिक हिंसा गराई रहेकोले यस्ता जिहादीहरुको पहिचान राज्यले गर्नु पर्ने माग समेत राखेका थिए।

यस कार्यक्रममा अभियानका केन्द्रीय उपाध्यक्ष एबं संबिधान सभा सदस्य भूपेंद्र चौधरी, केंद्रीय सदस्य एबं दलित बिभाग प्रमुख जीतेन्द्र दास लगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए। वक्ताहरूले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रको विकासमा योगदान दिन राष्ट्रिय एकता अभियानको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रमले उपस्थित स्थानीयवासीलाई संघीय गणतन्त्रको महत्वबारे जानकारी दिनुका साथै अभियानलाई थप सशक्त बनाउने रणनीतिहरूमा छलफल गरेको थियो। कार्यक्रमको समापनमा अध्यक्ष मोहित यादवले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्य पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्