प्रतिनिधिसभा बैठक बस्दै: साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक- २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक- २०८२ प्रस्तुत गर्ने छन्। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक-२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

- Advertisement -
Ad image

यस्तै, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक-२०८२ प्रस्तुत गर्ने छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्