काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दैछ। महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन्।

सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन्।

- Advertisement -
Ad image

कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट नगर सभामा पेस गरिनेछ।

सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन्।  प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकिरहेको थिएन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्