काठमाडौं – साताको कारोबारको अन्तिम दिन सेयरबजारमा उछाल देखिएको छ । आज नेप्से २५.८९ अंकले बढेर परिसुचक २७३१ मा कायम भएको छ । कारोबारमा आएका १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्सले धेरै कमाए ।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो ।
यसदिन बैंक इन्डेक्स सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो । भने विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे । यता व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटे ।


प्रतिक्रिया दिनुहोस्