खेलमा राजनीति नगर्न र एनपीएलको तयारी गर्न प्रधानमन्त्री ओलीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेसनल प्रिमियर लिग (एनपीएल) खेल आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् ।

राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टीम स्पिरिट’का साथ एनपीएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए ।

- Advertisement -
Ad imageAd image

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने दोस्रो संस्करणको एनपीएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे ।

नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको उनले बताए । आफूूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको क्षमता कम भएकाले भक्तपुरको सूूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न परिषद् निर्देशन दिए । आगामी मंसिर २–९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्