कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै: पार्टीको अनुशासन कारबाहीबारे छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको कोइराला निकट एक नेताले जानकारी दिए । कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

- Advertisement -
Ad imageAd image

अनुशासन समितिले बुधबार १८ जना नेता कार्यकर्तालाई पार्टीबाट निस्कासनदेखि निलम्बन गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्