रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो: बन्दरगाहका गाडी समेत बगे, धेरै धनजनको क्षति भएको आशंका !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – आज बिहान भोटेकोशी नदिमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ। बाढीले मानिसहरूलाई पनि बगाएको आशंका छ। बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। तर, बाढी वर्षाको कारणले आएको हो कि अन्य कारणले भन्ने यकिन भइसकेको छैन। बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ।

- Advertisement -
Ad image

आज बिहान सबा ३ बजेतिर भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो। बाढीले रसुवा सुख्खा बन्दरगाह र भन्सारमा राखिएका दर्जनौँ गाडीहरु बगाएको बताए। बाढीले ईभीसहित धेरै गाडी बगाएको प्रहरीले जनाएको छ।

कतिपय मानिस अझै पनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक क्षेत्रका पनि व्यवसायी बाढीमा फसेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्