प्रधानमन्त्री स्वदेश फर्किंदा मन्त्रालय फेरबदलको गृहकार्य: कुन्-कुन् मन्त्री डेन्जर जोनमा ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएलगत्तै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय फेरबदलको गृहकार्य सुरु भएको छ ।

सरकारमा हाल गृह मन्त्रालय कांग्रेस र अर्थ मन्त्रालय एमालेसँग भए पनि अब यी दुवै मन्त्रालय दुवै दलले साटासाट गर्ने भएका छन् । मन्त्रालय साटासाटसँगै मन्त्रीहरू पनि फेरबदल हुने भएका छन् । सरकारमा रहेका दुवै दलका मन्त्रीहरूमध्ये अधिकांश मन्त्री सरकारमा हट्ने उच्च स्रोतले जनाएको छ । एमालेबाट विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्त सरकारमा रहने सम्भावना छ । तर मन्त्रालय फेरिन सक्नेछ ।

- Advertisement -
Ad imageAd image

कांग्रेसबाट डा. आरजु राणा देउवा, प्रकाशमान सिंह र रमेश लेखक मन्त्रीमा कायमै रहे पनि मन्त्रालय फेरबदल हुनसक्ने स्रोतले जनाएको छ ।

यी मन्त्रीबाहेक सबैलाई सरकारबाट हटाएर नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी दुवै दलले गरेका जनाइएको छ ।

हाल सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास, विष्णुप्रसाद पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सञ्‍चार तथा सूचना प्रविधि, रमेश लेखक गृह, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, डा. आरजु राणा देउवा परराष्ट्र, रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि, प्रदीप यादव खानेपानी, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास, मानवीर राई रक्षा, दिपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन, ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण, राज्यमन्त्रीहरू रुपा विक वन तथा वातावरण, खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्