साताको अन्तिम दिन पनि बढेर बन्द भयो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्सेमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ९.१४ अंकले बढेको हो ।

आजको कारोबारमा १२२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो । आज भएको शेयर कारोबारमा होटेल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापार समूह बाहेक अन्यको सूचकमा वृद्धि भयो ।

- Advertisement -
Ad imageAd image

आजको कारोबारमा नेपाल फाइनान्सका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरे भने सप्तकोशी विकास बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्