प्रधानमन्त्री ओलीले गरे नेपाल-स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८२, बुधबार
1 Min Read
Aa

मेड्रिड (स्पेन) – स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्किएका छन्।

प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाल-स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी भएका हुन्।

- Advertisement -
Ad image

प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया) को सम्मेलनमा पुगेका थिए। यही असार १४ गते स्पेनका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौं फर्कनेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्