प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८२, सोमबार
1 Min Read
Aa
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग साेमबार द्विपक्षीय भेटवार्ता । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौं – स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबिच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री माडबुलीबिच भेट भएको हो ।

- Advertisement -
Ad image

भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुरमा श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल लगायत भेटवार्तामा सहभागी थिए ।

सोमबारै प्रधानमन्त्री ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबिच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षबारे छलफल भएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्