एमालेमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन: सेवासुविधा फिर्ता गर्न गृहलाई पत्राचार गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमनको तयारी अगाडि बढाएकी छन् ।

जननेता मदन भण्डारीको स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा लाग्ने औपचारिक घोषणा गरेकी थिइन् । सक्रिय राजनीतिमा आउनुअघि उनले पूर्वराष्ट्रपतिको हैसियतमा सरकारले दिइरहेको सेवासुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयले पत्र लेख्ने तयारी भएको छ । पूर्वराष्ट्रपति भण्डारीनिकट स्रोतका अनुसार गृह मन्त्रालयलाई पत्र लेखेर साउन १ गतेबाट सम्पूर्ण सेवासुविधा फिर्ता गरिदिन आग्रह गरिँदैछ ।

- Advertisement -
Ad image

‘भोलि–पर्सिमै गृह मन्त्रालयलाई पत्र लेखेर साउन १ गतेदेखि लागू गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘सेवासुविधा फिर्ता भएपछि उहाँ पार्टीमा झन् सक्रिय हुनुहुन्छ ।’

एमालेपंक्तिमा कतिपयले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको आगामी अध्यक्षको रूपमा हेर्न थालेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्