सम्भु श्रेष्ठ र एमपी सुब्बालाई २५-२५ हजार धरौटीमा छोड्न विशेष अदालतको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् । २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेशसँगै दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

- Advertisement -
Ad imageAd image

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका हुन् ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्