इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी सेनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८२, बुधबार
1 Min Read
Aa
JPG converted with https://ezgif.com/webp-to-jpg

इरान – इरानको आणविक केन्द्रमा भएको अमेरिकी आक्रमणका कारण त्यहाँको आणविक कार्यक्रम नष्ट नभएको प्रारम्भिक गुप्तचर मूल्याङ्कनले जनाएको छ। रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्छ।

अमेरिकी सेनाको पेन्टागनको सुरक्षा इन्टलिजेन्सको रिपोर्ट सिबिसी लगायत अन्य सञ्चार माध्यममा बाहिरिएको हो। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् ।

- Advertisement -
Ad image

‘हजारौँ पाउन्ड बम निसानमा नै प्रहार हुँदा के हुन्छ। त्यो सबैले बुझ्ने कुरा हो’, लेभिटले सामाजिक सञ्जालमा लेखेकी छन्।

रिपोर्ट सार्वजनिक भएको भनिउको प्रारम्भिक मूल्याङ्कन अनुसार फोर्डोको केन्द्रको मुखमा प्रहार भएको तथा सो हतियार गुफाको भित्री भागमा एकदमै गहिराइसम्म रहेको जनाइएको छ। सिबिसीले सार्वजनिक भएको भनेको रिपोर्ट र लेभिटको भनाइ भने बाँझिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्