रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिले पनि लागिरहेको प्रचण्डको जिकिर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

- Advertisement -
Ad image

उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न। रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं। अझै गरिराखेको छु। रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ।’

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्