साताको पहिलो कारोबार दिनमै नेप्सेमा उच्च गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको शेयर कारोबार हुँदा ३२.९३ अंकले नेप्से घटेर २५९५.९७ विन्दुमा आइपुगेको हो ।

नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये आज २२५ वटा कम्पनीको शेयर मूल्य घट्यो भने २३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । नेप्से घटेसँगै आज नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले गिरावट आएको छ ।

- Advertisement -
Ad imageAd image

आज नेप्सेमा जोशी हाइड्रोपावरको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पियोर इनर्जीका कारोबारीले सबैभन्दा धेरै गुमाए । नेप्सेको गिरावटसँगै सबै समूहको परिसूचक पनि आज नकारात्मक बन्न पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्