काठमाडौं – नेपाल राष्ट्रिय बांग्ला समाजको कोशी प्रदेश स्तरीय बैठक सम्पन्न भएको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका बृन्दावन गौशालामा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको अध्यक्षता तथा कोशी प्रदेशको वन तथा पर्यटन मन्त्रालयका स्वकीय सचिव कुन्दन मण्डलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको थियो ।
प्रदेश स्तरीय बैठकमा ‘BENGALI COMMUNITY IN NEPAL CASE STUDY‘ नामक बंगाली समुदाय केन्द्रित किताब सार्वजनिक गरिएको थियो । प्रदेश स्तरीय बैठकमा विशिष्ठ अतिथिको रूपमा सहभागी अनुप कुमार दासले किताबको विशेषता एवं लेखन विधिबारे जानकारी दिंदा प्रमुख अतिथि मण्डलले ब्यानर वाचन गर्दै बैठक उद्घाटन गरेका थिए ।
दोस्रो चरणको बैठकको अध्यक्षता गरेका नेपाल राष्ट्रिय बांग्ला समाजको कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्तीको अनुमति तथा समाजका आजिवन सदस्य अनुप कुमार दासको प्रमुख आतिथ्यतामा समाजका संस्थापक उपाध्यक्ष एवं समाजसेवी विप्लव घोष, केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, ललित मण्डल, सन्त कुमार नुन्दी, खकन कुमार दास, जवा चक्रवर्ती, राजेश दास, तापश दास, पंकज मण्डल, रविन मण्डल, दिगम्बर मण्डल, दिपक मण्डल, कृष्ण कविरथ, श्रवण मण्डल, मिलन कविरथ, नन्दकिशोर मण्डल, शंकर चेल, राम दास, प्रिति चक्रवर्ती, सुरज दास, दुम्शी मण्डल, पूजा मण्डल लगायतको विशेष उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती र दोस्रो चरणको स्वागत मन्तव्य राजेश दासले राख्दा कार्यक्रम सञ्चालन केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, दश्मी मण्डलले गरेका थिए । उक्त बैठकबाट गएको जेठ १४ गते नेपाल राष्ट्रिय बांग्ला समाज कोशी प्रदेशको प्रकाशित सूचना बमोजिम प्राप्त नामावली सर्वसहमतिले पारित गरेको थियो ।
बैठकको पहिलो चरणको प्रमुख आतिथ्यता गरेका कुन्दन मण्डलले बंगाली समुदाय केन्द्रित अनुसन्धान मुलक पुस्तकलाई मन्त्रालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दोस्रो चरणको कार्यक्रमको आतिथ्यता गरेका विप्लव घोषले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नुपर्ने भए यसको लागि पनि तयार रहन अपिल गरेका थिए ।
उक्त कार्यक्रममा सहभागी रहेका पंकज मण्डल, ललित मण्डल, खकन कुमार दास, जवा चक्रवर्ती, तापस दास, नयाँ बृन्दावन गौशालाको गुरु दिनाबन्दु शास्त्रीले गौशालाको पवित्र स्थलबाट लक्ष्यप्रति प्रतिबद्ध भएर लाग्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्