कांग्रेस-एमालेमा शीर्ष नेताकाे बैठक: आरजुदेखि दीपक खड्कासम्म सहभागि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – वर्तमान सरमनरका सर्वाधिक विवादास्पद मन्त्री दीपक खड्कादेखि आरजु राणासम्मलाई राखेर कांग्रेस-एमालेका शीर्ष नेताकाे बैठक बसेकाे छ। सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हाे ।

दुई दलबीच संसद्‌को गतिरोध अन्त्य गर्ने, पारित हुने क्रममा रहेका विधेयकहरुलाई टुंगोमा पुर्‍याउने लगायत विषयमा छलफल भएको छ ।

- Advertisement -
Ad image

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का लगायत सहभागी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्