काठमाडौं – साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ को विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएकामध्ये एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
आज नेप्सेमा नौ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँको शेयर कारोबार भएको थियो भएकोमा नेप्से परिसूचक घट्दा पूँजीकरण पनि ०.०४ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा भएको शेयर कारोबारमा पियोर इनर्जीका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकका कारोबारीले सबैभन्दा धेरै गुमाए ।


प्रतिक्रिया दिनुहोस्