स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ। स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले पराजित गर्‍यो।

स्कटल्यान्डले ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ तथा किरन ठगुन्नाले १० रन बनाए। स्कटल्यान्डका सफ्यान शरिफ र माइकल लिस्कले समान दुई दुई विकेट लिए।

- Advertisement -
Ad imageAd image

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले नेपालका बलर हावी हुँदा १९.४ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमाएको थियो। स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ तथा म्याथू क्रसले १५ र ब्राण्डन म्याकमुलनले १० रन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ११ रन खर्चिएर एक मेडेन राखे। यस्तै दीपेन्द्र सिंह ऐरी र करण केसीले समान दुई दुई विकेट लिए।

नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्