प्रतिनिधिसभा बैठक आज पनि बस्दै: संघीय निजामती विधेयक पारित गर्ने तयारी, रास्वपा र राप्रपाको विरोध कायम रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८२, मंगलवार
1 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

- Advertisement -
Ad imageAd image

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

प्रतिपक्षी दलहरुले भने संसदमा अवरोध जारी राखेका छन् । रास्वपा र राप्रपाले अवरोधलाई निरन्तरता दिएका हुन् । त्यसकाबीच सभामुख देवराज घिमिरेले बैठक चलाउँदै आएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्