तेस्रो सुपर ओभरमा नेदरल्यान्डसले नेपाललाई हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार खाएको छ ।

स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन रन बनाउँदै १ सय ५३ रनको लक्ष्य पाएको थियो।

- Advertisement -
Ad imageAd image

निर्धारित ओभरमा नेपालले ८ विकेट गुमाउँदै बराबर रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ४८, कुशल भुर्तेलले ३४, रुपेश सिंहले १९, किरण ठगुन्नाले १५ र नन्दन यादवले १२ रन बनाए भने अन्यले दोहोरो अंक जोडन सकेनन् ।

त्यसपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा पहिला नेपालका लागि रोहित पौडेल र कुसल भुर्तेलले १९ रन बनाएका थिए । जुन लक्ष नेदरल्यान्डसका मिचेल लेभिर र म्याक्स ओ डउडले भेट्टाए ।

त्यसपछि खेल दोस्रो सुपर ओभरमा प्रवेश गरेको थियो । दोस्रो सुपर ओभरमा नेदरल्यान्डसले नेपाललाई १८ रनको लक्ष दियो । नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले १७ रन नै हानेर बराबरी गरे ।

त्यसपछि खेल तेस्रो सुपर ओभरमा गएको हो । जहाँ नेपालको ब्याटिङ धर्मरायो । कप्तान रोहित पौडेल पहिलो बलमा आउट भए । त्यसपछि मैदान छिरेका रुपेश सिंह पनि ३ बल खेल्दा ० रनमा आउट भएपछि नेपाल रनविहिन बन्न पुग्यो ।

जवाफी ब्याटिमा आएको नेदरल्याण्डसलाई एक रन भए जित काफी हुने अवस्था आयो । नेपालका सन्दीप लामिछानेको पहिलो बलमै नेदरल्यान्डसका लेभिटले छक्का हानेपछि खेल नेदरल्यान्डको पक्षमा गएको हो ।

त्यस अघि नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । उनले आफ्नो स्पेलमा १८ रन खर्चे । नन्दन यादवले २ विकेट झारे । ललित राजवंशी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्