प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत: असार १४ गते जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने जनाइएको छ ।

- Advertisement -
Ad image

मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिने निर्णय गरेको छ । विधेयकका केही बुँदालाई स्वार्थ समूहले प्रभावित पारेको आशंकामा विधेयक फिर्ता लिइएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्