निर्माणाधीन पुल भाँचिँदा घाइते भएकामध्ये ३ कामदारको मृत्यु !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौँ – मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिँदा ३ जनाको मृत्यु भएको छ । ब्रिज भाँचिँएर घाइते भएका ६ मध्ये ३ जनाको मृत्यु भएको हो। शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको थियो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए ।

घाइते मध्ये बाराको सिमरा उपमहानगरपालिका–१२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयले बताएका छन्। मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

- Advertisement -
Ad imageAd image

शनिबार साँझ पुल भाँचिएर उनीहरू घाइते भएका थिए । उनीहरूलाई जिल्ला अस्पताल पाँचथरबाट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको थियो। उनीहरूको शव सोही अस्पतालमा राखिएको छ।

घाइते अन्य तीन जनाको उपचार जारी छ। घाइते हुनेमा भुलेस्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी छन् । बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न सङ्घीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि गाडी आवतजावत समेत बन्द भएको प्रहरीले जनाएको छ । बेलिब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेदबाट हुने जोखिम छ । सत्तरी मिटर लामो बेलिब्रिजलाई प्राविधिकले (मोडुलर ब्रिज) भन्दै आएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्