विश्व रक्तदाता दिवसको अवसरमा महावीर हेल्थ फाउण्डेसनको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ जेष्ठ २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौं – विश्व रक्तदाता दिवसको अवसरमा महावीर हेल्थ फाउण्डेसनको ललितपुरको लगनखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै दुई सय भन्दा बढी व्यक्तिहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा ललितपुर जिल्लाको लगनखेल बसपार्कमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा दुई सय भन्दा बढी यातायात श्रमिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल, लाजिम्पाट काठमाडौं, लोमस फर्मास्यूटिकल्स, माइक्रो ल्याब्स् लिमिटेडको सहकार्य तथा स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख आतिथ्यता गरेका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले रक्तदाता दिवसको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना भएको भन्दै आयोजक संस्था तथा सहकार्य गर्ने संस्थाहरुलाई धन्यवाद ज्ञापनगर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

- Advertisement -
Ad imageAd image

कार्यक्रमलाई सम्बोधन गर्दै महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टाचार्यले विगतमा १२८ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै अघि बढ्ने प्रतिबद्वता व्यक्त गरे । नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा नि:शुल्क रुपमा दक्ष चिकित्सकहरुबाट मुटु तथा मधुमेह रोगको जाँच, रक्त परिक्षण, औषधी वितरण गरियो । सो अवसरमा ७८ जना व्यक्तिहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्