इजरायलमा इरानको जवाफी आक्रमण: एक जनाको मृत्यु, ६० घाइते !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

एजेन्सी – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार सयभन्दा धेरै ड्रोन आक्रमण गरेको इरानले त्यसपछि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो। इरानले पहिलो चरणको जवाफी कारबाहीमा ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचार टाइम्स अफ इजरायलले लेखेको छ।

समाचार अनुसार ती महिला सुरूमा गम्भीर घाइते भएकी थिइन्, पछि अस्पतालमा उनको मृत्यु भयो। इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।तिनमा केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।

- Advertisement -
Ad imageAd image

इरानको जवाफी कारबाहीपछि आइडीएफले (इजरायली रक्षा बल) नागरिकहरूलाई तोकिएको सेल्टरमा बस्न आग्रह गरेको छ। आइडीएफले इरानबाट सयौं रकेट इजरायलतर्फ हानिएको जनाएको छ। मगेन डेविड अडोम (इजरायलको एम्बुलेन्स सेवा) का अनुसार मिसाइलको छर्राले एक इन्सेन्सिभ केयर युनिटमा क्षति पुर्‍याउँदा दुई जना एम्बुलेन्सकर्मी घाइते भएका छन्।

आइडीएफले केही मिसाइलहरू इन्टरसेप्ट गरिएको जनाए पनि कति वटा रोकिए भन्ने खुलाएको छैन। आईडीएफ होम फ्रन्ट कमाण्डले इरानको तेस्रो ब्यालेस्टिक मिसाइल आक्रमणपछि नागरिकहरूलाई सेल्टरमा जान अनुमति दिएको छ। अर्को सूचना नभएसम्म सेल्टर नछाड्न भनिएको जेरूसेलम पोस्टले उल्लेख गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्