प्रतिनिधिसभाको बैठक आजपनि बोलाइयो: अवरोध हट्ला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको छ।

बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरेपछि आजसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।

- Advertisement -
Ad imageAd image

बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गतेदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्वीकार नगरेपछि संसद बैठक प्रभावित हुँदै आएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्