बालेनमाथि पनि थाल्यो अख्तियारले छानबिन !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

आयोग स्रोतका अनुसार, मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन गरिएको हो ।

- Advertisement -
Ad imageAd image

महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा समेत काठमाडौं महानगरले भ्रमण खर्चवापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर खर्च गरेको देखिएको भन्दै अधिकांश भुक्तानी नियमसंगत नभएको उल्लेख गरेको थियो ।

स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ अनुसार कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबोहक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।

तर, त्यसविपरित पदाधिकारी र कर्मचारी वैदेशिक भ्रमणमा भएको प्रतिवेदनमा उल्लेख थियो ।

स्रोतका अनुसार, आयोगले बयानका लागि महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकार (बेन) लाई बोलाएको छ । लम्साल ब्राजिलमा भएको एक बैठकमा सहभागी हुन गएका बेलाको हवाई खर्च भुक्तानीमा महालेखाले प्रश्न उठाएको थियो ।

कुमार बेन चाहिँ मेयर शाहसँगै ३१ वैशाख २०८१ मा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने गएका थिए । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी त्यहाँ गएको मेयर शाहको सचिवालयले जनाएको थियो ।

आयोगका एक अधिकारीले भने तत्काललाई यो विषय मुद्दा चल्ने किमिसको नदेखिए पनि उनीहरुको बयानले थप विषयहरु निर्धारण गर्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्