नेपाल लाओससँग २-१ गोल अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओससँग पराजित भएको छ।

न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा लाओसँग नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।

- Advertisement -
Ad imageAd image

लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे। नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता र्लिएको थियो। लाओसका लागि दामोथले गोल गरे। त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो। लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए।

खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो। नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने। त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गर्‍यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे।

त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता गर्‍यो। यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको थियो। दुई खेलको समाप्तिमा नेपालले अंकको खाता खोल्न सकेको छैन।

यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए। जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा स

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्