प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलले बैठक अवरोध गरेका थिए। सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले होहोल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए।

- Advertisement -
Ad imageAd image

यसबीचमा पनि सहमति हुन नसके पछि बुधबार १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन्। प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अवरोध भइरहेको  छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्