प्रतिनिधिसभाको बैठक आज पनि बस्दै: विपक्षी दलले के गर्लान् ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५औँ बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । तर, विपक्षीको अवरोधका कारण साता दिनयता बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियास्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्