प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि संसद् बैठक भोलिसम्म स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – संसद् बैठकमा बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

बिहीबार अपराह्न सुरु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको सूचना सुनाएका छन् ।

- Advertisement -
Ad imageAd image

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले बैठकमा अवरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर कार्यसूचीमा प्रवेश गर्नका लागि अनुरोध गरे पनि सांसदहरूले मानेनन् । सभामुख घिमिरेले भनेका थिए, ‘आफ्नो मात्रै कुरा राखेर सभा सञ्चालन हुन सक्दैन, दलीय रूपमा समय दिनेछु । विधिसम्मत ढङ्गले सभा सञ्चालन गर्ने वातावरण तयार गर्नुस् ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्