प्रतिनिधिसभाको बैठक आज पनि बस्दै: विपक्षीको अवरोध कायमै रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०८२, बिहीबार
2 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, २९ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ। बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसके पछि बिहीबार एक बजेका लागि बैठक बाेलाइएकाे हाे।

बुधबार संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसाे ३ः१५ को समय सरेको जानकारी दिएको थियाे। तर, त्यसमा पनि सहमति नभएपछि बिहीबार दिउँसाे एक बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे।

- Advertisement -
Ad imageAd image

भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन्।

सहमति जुटाउनका लागि हिजाे सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ-आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेकाे छैन।

दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो। तर विपक्षी दल विशेषगरी नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान छाडेन।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो। यसअघि जेठ १३ र १४ गतेका लागि बोलाइएका बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए।

बुधबारको छलफलमा विपक्षीहरूले गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने माग गरेका थिए। तर सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि बैठक स्थगित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्