दोहोरो अंकले घट्यो नेप्से: कारोबार रकममा पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

बुधबार ३१३ कम्पनीका ५९ हजार १३० पटकको कारोबारमा १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँ रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज ६६ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये दुई वटा बढ्दा बाँकी राताम्मे छन् । आज अरुण काबेली पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्