आरसीबीको विजय यात्रामा भागदौड हुँदा कम्तिमा ११ जनाले ज्यान गुमाए ! ३३ घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बैंगलोरको चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन् । मुख्यमन्त्रीले यस विषयमा ‘मजिस्ट्रेट अनुसन्धान’को घोषणा गरेका छन् ।

- Advertisement -
Ad imageAd image

रोयल च्यालेन्जर्स बैंगलोरको जितको उत्सव मनाउन रंगशाला बाहिर एक लाखभन्दा बढी प्रशंसकहरू भेला भएका थिए । १८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा युवा, महिला, पुरुष र वृद्धवृद्धाहरू पनि सडकको छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए ।

चिन्नास्वामी रंगशालाको गेटमा भागदौड मच्चिँदा रंगशालाको गेट बन्द रहेको र ठूलो संख्यामा आएका समर्थकको भिडले गेटलाई धकेलेर तोड्ने प्रयास गरिरहेको एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई जानकारी दिए ।

प्रहरी अधिकारीले पनि भने, “रंगशालावरिपरि धेरै मानिस भेला भएका थिए । करिब एक लाख मानिस आउने अपेक्षा गरिएको थियो, तर संख्या लगभग दुई लाख पुग्यो ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्