बांग्ला विद्यालय सरकारी उपेक्षाकै कारण धरापमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

विराटनगर – सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नम्बर ५ बंगाली टोलमा रहेको श्री पञ्चमी बंगला प्रा. वि. सरकारी उपेक्षाकै कारण धरापमा परेको छ ।

- Advertisement -
Ad image

नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार र केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी सहितको टोलीले आज हरिनगरको बंगाली टोलमै पुगेर त्यहाँ बसोबास गरिरहेका बंगाली समाजका अगुवाहरूसँग भेटघाट गर्नुका साथै बंगला प्रा. वि. को स्थलगत निरीक्षण समेत गरेको थियोे ।

सुनसरीको हरिनगरगरमा पहिले सरकारी स्तरबाटै सञ्चालित श्री पञ्चमी बंगला प्रा. वि. वसन्तपुर ७ मा बांग्ला र नेपाली भाषामा अध्ययन अध्यापन हुने गरेको इतिहास रहेपनि हाल उक्त स्थानमा हेल्थ पोस्ट संचालन गराइएको भेटिएको छ । राणाकालीन समयमा स्थापना भएको उक्त बांग्ला विद्यालय सरकारी उदासीनका कारण धरापमा परेको स्थानीय बंगाली समाजका अगुवालाई उदृत गर्दै बांग्ला समाजका अध्यक्ष पार्थो सरकारले जानकारी दिए ।

अहिले नेपाल राष्ट्रिय बांग्ला समाज गठन भएको खबरले निकै उत्साहित आएको स्थानीय बंगाली समाजका अग्रज एवं श्री प्रा. वि. शिस्वा धरमपुर विद्यालयका पूर्व प्रधानाध्यापक शुरेश मंडल र तत्कालीन बंगाली विद्यालयका प्रधानाध्यापक दु:ख भंजन मण्डलको प्रतिक्रिया थियो । बंगाली समाजका अगुवाहरूले बांग्ला समाजका पदाधिकारीहरूलाई लेखि नारायण मन्दिर, चन्द्र शेखर मन्दिर र राजाजि मन्दिरको अवलोकन समेत गराएका थिए ।

बंगाली समाजका अग्रज एवं हरिनगर गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य मधुसूदन मंडलले नेपाल राष्ट्रिय बांग्ला समाजको कालीबारी परियोजना बारे जानकारी लिंदै उक्त परियोजनाका लागि दश कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव गर्दै प्रस्तावित जग्गा समेत अवलोकन गराएका थिए । बंगाली टोलमा अहिलेसम्म पनि बांग्ला पञ्चाङ्ग अनुसार नै धार्मिक, सांस्कृतिक, परम्परा अगाडि बढाउनुका साथै पूजा आजा हुँदै आएको छ । त्यो बाहेक उक्त भ्रमणमा बंगाली समाजका धेरै अगुवाहरूसँगको भेटमा बांग्ला समाजलाई थप सशक्त बनाउन र कार्यक्रम अगाडि बढाउने सहमति भएको नेपाल राष्ट्रिय बांग्ला समाजले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्