करण केसीको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा विजयी सुरुवात गरेको छ।

- Advertisement -
Ad imageAd image

स्कटल्यान्डले दिएको दुई सय ९७ रनको लक्ष्य नेपालले ४९.५ अ‍ोभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो। नेपालको जितमा करण केसीले उत्कृष्ट ब्याटिङ गरे। उनले ४१ बलमा ६५ रन बनाए। उनले तीन चौका र चार छक्का प्रहार गरे।

यस्तै कुशल भुर्तेलले ५३ तथा गुल्शन झाले ४२ र भीम शार्कीले ४० रन बनाए। कप्तान रोहित पौडेलले ३७ रन बनाउँदा आसिफ शेखले २० रन बनाए। स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए। माइकल लिस्क र ज्याक जार्भिसले समान २ २ विकेट लिए।

यसअघि घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो।

स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे। यस्ते फिन्ले म्याकक्रेथले ५५ रन बनाए। नेपालका लागि रिजन ढकाल, सोमपाल कामी र करण केसीले समान दुई दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए।

त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्