सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन: मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ। सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै मंगलबार पनि सार्वजनिक यातायात नचल्ने भएका छ्न।

गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको हो। आजको वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।

- Advertisement -
Ad image

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्