कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राजावादीको प्रदर्शनमा निषेधित क्षेत्र तोड्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित ७ जना आजै रिहा भएका छन्। थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए।

परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार १ जनाबाहेक ७ जनालाई रिहा गरिएको हो। रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन्। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।

- Advertisement -
Ad imageAd image

कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको बोहोराको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्