मोहम्मद आफताब आलमलाई मस्तिष्कघात: आईसीयूमा उपचार हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। उच्च अदालत वीरगञ्जको आदेशबाट बुधबारमात्र नख्खु जेलबाट बाहिरिएका आलमलाई आइतबार बिहान मस्तिष्काघात भएको हो।

उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको त्यहाँका एक चिकित्सकले जानकारी दिए। उनको अहिले आइसियुमा उपचार भइरहेको छ।

- Advertisement -
Ad imageAd image

बिहान १० बजेतिर आलमलाई न्युरो अस्पताल पुर्‍याउँदा उनको बोली लरबरिएको र दाहिने पाटो नचल्ने अवस्थामा रहेको चिकित्सकले जानकारी दिए। एमआरआई गर्दा उनलाई एक्युट ब्रेन स्ट्रोक भएको पाइएको थियो।

बालकलाई इँटाभट्टामा ज्युँदै जलाएर मारेको अभियोगमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय भएका आलमलाई वीरगञ्ज उच्च अदालतले आइतबार सफाइ दिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्